Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फुलमाया माओवादीमै फर्किईन्

फुलमाया माओवादीमै फर्किईन्

दैनिकी न्यूज

८, बैशाख २०७९
फुलमाया माओवादीमै फर्किईन्
images

बारा । बाराको निजगढमा झुक्काएर पार्टी प्रवेश गराएको घटना बाहिर आएको छ ।
निजगढ–१२ मा वडा सदस्यमा सर्वसम्मत सिफारिस भएकी भनिएकी फुलमाया विश्वकर्माले बुधबार विज्ञप्ती निकालेर खुलासा गरेकी हुन् ।

नेकपा (माओवादी केन्द्र) बाट २०७४ को स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यको उम्मेदवार समेत बनेकी फुलमायालाई एमालले झुक्काएर पार्टी प्रवेश गरेको हो ।

एमालेका नेताहरु फुलमायाको घरमा पुगेर एमाले र माओवादी पार्टी हिजो, आज र भोली पनि एउटै हो भन्दै झुक्काएर पार्टी प्रवेश गराएको विज्ञप्तीमा उल्लेख छ ।

२०५७–५८ देखि माओवादीमा आवद्ध भएकी फुलमायाले एमालेले झुक्काएर पार्टी प्रवेश गराई टिकट समेत दिएको विषयमा सञ्चारमाध्यममा सार्वजनिक भएको प्रति असमर्थ रहेको विज्ञप्तीमा जनाईएको छ ।

घरमा पुगेका माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य रविराज दंगाल, धनमाया लामा, नगर अध्यक्ष सन्तोष दंगाल, उपाध्यक्ष धनबहादुर खुलाल, नगर सदस्य कुमार लामा, रामप्रसाद जमकट्टेल लगायतका नेताहरुलाई फुलमायाले आफु आत्मआलोचित हुदैँ पार्टीमा प्रतिवद्ध रहने प्रतिवद्धता जनाईन् ।

सो अवसरमा नेपाली कांग्रेस परित्याग गरि दुर्गाप्रसाद अधिकारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई पार्टीका नेता दंगाललगायतले खादा, टिका लगाएर स्वागत गरेका थिए ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - ०६:१७:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology