Logo

आइतवार, श्रावण २४ गते २०८३

images

वीरगञ्ज महानगरपालिकामा एमाले र लोसपाबीच गठबन्धन

वीरगञ्ज महानगरपालिकामा एमाले र लोसपाबीच गठबन्धन

दैनिकी न्यूज

८, बैशाख २०७९
वीरगञ्ज महानगरपालिकामा एमाले र लोसपाबीच गठबन्धन
images

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी गठबन्धन गरेका छन् । तालमेल अनुसार महानगरको प्रमुख एमालेबाट र उपप्रमुख लोसपाबाट उठ्ने भएका छन् ।

दुवै पार्टीका नेताहरुले आज बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी चुनावी गठबन्धन भएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा एमालेका नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्णलगायत सहभागी थिए ।

तालमेल सम्बन्धी सम्झौता पत्रमा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - ११:५१:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology