Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

सिन्धुलीका स्थानीय तहमा गठबन्धनले टुंग्यायो भागवण्डा

सिन्धुलीका स्थानीय तहमा गठबन्धनले टुंग्यायो भागवण्डा

दैनिकी न्यूज

८, बैशाख २०७९
सिन्धुलीका स्थानीय तहमा गठबन्धनले टुंग्यायो भागवण्डा
images

सिन्धुली । सत्तारुढ पाँच दलीय गठबन्धनले सिन्धुलीका ९ वटै स्थानीय तहको प्रमुख र उपप्रमुखको भागवण्डा टुंग्याएको छ ।

केन्द्रीय गठबन्धनको नीतिअनुसार ३० वैशाखमा हुने चुनावमा जिल्लामा पनि भागवण्डा भएको हो । आज बसेको गठबन्धन दलको बैठकले भागवण्डा टुंग्याएको हो । सहमतिअनुसार नेपाली कांग्रेसले एक नगरपालिका र चार गाउँपालिकाको प्रमुख पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले एक नगरपालिका र तीन गाउँपालिका प्रमुख पाउने भएको छ ।

पालिकास्तरको भागवण्डा टुंगिएको भए पनि वडास्तरमा भने सहमति भइसकेको छैन । वडा तहमा सहमति जुटाउने जिम्मा भने पालिका कमिटीलाई दिइएको छ । जिल्ला संयन्त्रले शनिबारभित्र वडा तहमा पनि सहमति जुटाएर पठाउन पालिकास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

यस्तो छ भागवण्डाः
कमलामाई नगरपालिकाः मेयर- कांग्रेस, उपमेयर- माओवादी केन्द्र

दुधौली नगरपालिकाः मेयर- माओवादी केन्द्र, उपमेयर- कांग्रेस

तीनपाटन गाउँपालिकाः अध्यक्ष- नेपाली कांग्रेस, उपाध्यक्ष- माओवादी केन्द्र

फिक्कल गाउँपालिकाः अध्यक्ष- नेपाली कांग्रेस, उपाध्यक्ष- माओवादी केन्द्र

गोलन्जोर गाउँपालिकाः अध्यक्ष- नेपाली कांग्रेस, उपाध्यक्ष- माओवादी केन्द्र

सुनकोशी गाउँपालिकाः अध्यक्ष- माओवादी केन्द्र, उपाध्यक्ष- कांग्रेस

घ्याङलेख गाउँपालिकाः अध्यक्ष( नेपाली कांग्रेस, उपाध्यक्ष( माओवादी केन्द्र

मरिण गाउँपालिकाः अध्यक्ष- माओवादी केन्द्र, उपाध्यक्ष- नेपाली कांग्रेस

हरिहरपुरगढी गाउँपालिकाः अध्यक्ष- माओवादी केन्द्र, उपाध्यक्ष- नेपाली कांग्रेस

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - १९:२८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology