Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सिन्धुलीका स्थानीय तहमा गठबन्धनले टुंग्यायो भागवण्डा

सिन्धुलीका स्थानीय तहमा गठबन्धनले टुंग्यायो भागवण्डा

दैनिकी न्यूज

८, बैशाख २०७९
सिन्धुलीका स्थानीय तहमा गठबन्धनले टुंग्यायो भागवण्डा
images

सिन्धुली । सत्तारुढ पाँच दलीय गठबन्धनले सिन्धुलीका ९ वटै स्थानीय तहको प्रमुख र उपप्रमुखको भागवण्डा टुंग्याएको छ ।

केन्द्रीय गठबन्धनको नीतिअनुसार ३० वैशाखमा हुने चुनावमा जिल्लामा पनि भागवण्डा भएको हो । आज बसेको गठबन्धन दलको बैठकले भागवण्डा टुंग्याएको हो । सहमतिअनुसार नेपाली कांग्रेसले एक नगरपालिका र चार गाउँपालिकाको प्रमुख पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले एक नगरपालिका र तीन गाउँपालिका प्रमुख पाउने भएको छ ।

पालिकास्तरको भागवण्डा टुंगिएको भए पनि वडास्तरमा भने सहमति भइसकेको छैन । वडा तहमा सहमति जुटाउने जिम्मा भने पालिका कमिटीलाई दिइएको छ । जिल्ला संयन्त्रले शनिबारभित्र वडा तहमा पनि सहमति जुटाएर पठाउन पालिकास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

यस्तो छ भागवण्डाः
कमलामाई नगरपालिकाः मेयर- कांग्रेस, उपमेयर- माओवादी केन्द्र

दुधौली नगरपालिकाः मेयर- माओवादी केन्द्र, उपमेयर- कांग्रेस

तीनपाटन गाउँपालिकाः अध्यक्ष- नेपाली कांग्रेस, उपाध्यक्ष- माओवादी केन्द्र

फिक्कल गाउँपालिकाः अध्यक्ष- नेपाली कांग्रेस, उपाध्यक्ष- माओवादी केन्द्र

गोलन्जोर गाउँपालिकाः अध्यक्ष- नेपाली कांग्रेस, उपाध्यक्ष- माओवादी केन्द्र

सुनकोशी गाउँपालिकाः अध्यक्ष- माओवादी केन्द्र, उपाध्यक्ष- कांग्रेस

घ्याङलेख गाउँपालिकाः अध्यक्ष( नेपाली कांग्रेस, उपाध्यक्ष( माओवादी केन्द्र

मरिण गाउँपालिकाः अध्यक्ष- माओवादी केन्द्र, उपाध्यक्ष- नेपाली कांग्रेस

हरिहरपुरगढी गाउँपालिकाः अध्यक्ष- माओवादी केन्द्र, उपाध्यक्ष- नेपाली कांग्रेस

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - १९:२८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology