Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गठबन्धन दलले सातै प्रदेशमा चुनावी सभा गर्ने

गठबन्धन दलले सातै प्रदेशमा चुनावी सभा गर्ने

दैनिकी न्यूज

८, बैशाख २०७९
गठबन्धन दलले सातै प्रदेशमा चुनावी सभा गर्ने
images

काठमाडौं । सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ ।

गठबन्धनको तयारी एवम् अनुगमन समितिको आज शुक्रवार बसेको बैठकले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।

चुनावी सभालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

गठबन्धनका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ६ जना शीर्ष नेताले सम्बोधन गर्ने गरी चुनावी सभाको तालिका पनि सार्वजनिक गरिएको छ ।

तालिकाअनुसार वैशाख १८ गते धनगढी र सुर्खेत, वैशाख १९ गते बुटवल र पोखरा, वैशाख २० गते विराटनगर र जनकपुर, वैशाख २२ गते काठमाण्डौमा संयुक्त चुनावी सभा हुनेछ ।

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजो बुधवार सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा तालमेल गर्ने सहमति गरेको थियो ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - १९:३५:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology