Logo

सोमवार, श्रावण २५ गते २०८३

images

निर्वाचन आयोगद्वारा आइतबार र सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम तय

निर्वाचन आयोगद्वारा आइतबार र सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम तय

दैनिकी न्यूज

१०, बैशाख २०७९
निर्वाचन आयोगद्वारा आइतबार र सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम तय
images

काठमाडौं । निर्वाचन आयोगले वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गरेको छ।

आयोगले शनिबार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख ११ र १२ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म बैशाख ३० गतेदेखि हुने स्थानीय तह निर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्न आह्वान गरेका हुन् ।

आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरुलाई रुचाएको पदमा उम्मेदवारी दिन सक्ने वातावरण बनाई दिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आम सञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई आग्रह गरेको छ ।

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - २१:२०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology