Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निर्वाचन आचारसंहिता कडाइ गर्न निर्देशन

निर्वाचन आचारसंहिता कडाइ गर्न निर्देशन

दैनिकी न्यूज

११, बैशाख २०७९
निर्वाचन आचारसंहिता कडाइ गर्न निर्देशन
images

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

आचार संहिता विपरीतका गतिविधिमा संलग्नहरूलाई कानुनी कारबाही हुने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले गत चैत २५ गते बाट लागू हुने गरी आचारसंहिता जारी गरिसकेको छ ।

मतदातादेखि उम्मेदवारसम्म, कार्यकर्तादेखि नेतासम्म सबैलाई आचार संहिता विपरीतका गतिविधि सञ्चालन नगर्न र नगराउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलले प्रहरी प्रधान कार्यालयअन्तर्गत विभिन्न प्रहरी कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरी निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - ०६:५०:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology