Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गठबन्धनले यसरी गर्‍यो ललितपुरका स्थानीय तहको बाँडफाँड

गठबन्धनले यसरी गर्‍यो ललितपुरका स्थानीय तहको बाँडफाँड

दैनिकी न्यूज

११, बैशाख २०७९
गठबन्धनले यसरी गर्‍यो ललितपुरका स्थानीय तहको बाँडफाँड
images

ललितपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुरका सत्ता गठबन्धन सहमति जुटेको छ । सत्ता गठबन्धनको बैठकबाट भएको निर्णय भर्खरै सार्वजिनिक भएको छ । ललितपुरमा रहेका ६ वटा स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच मात्र गठबन्धन भएको छ । जसमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले प्रमुख पाएको छ ।

वडा स्तरमा के हुन्छ ?
सत्ता गठबन्धनको बैठकले बिपक्षी दललाई पराजित गर्ने रणनीति अनुरुप वडा अध्यक्ष र सदस्यहरुमा स्थानीय वडाहरुमै सकैसम्म सहमति नभए मतभारका आधारमा मित्रबत प्रतिस्पर्धामा जान सकिने सहमति पत्रमा उल्लेख छ । आन्तरिक व्यबस्थापनको सहजता र स्थानीय वडाहरुमा हुनसक्ने बिद्रोह रोक्न यस्तो निर्णय गरिएको बताइएको छ ।

ललितपुर महानगरपालिका
प्रमुखः नेपाली कांग्रेस
उपप्रमुखः नेकपा माओवादी केन्द्र

गोदावरी नगरपालिका
प्रमुखः नेपाली काग्रेस
उपप्रमुखः नेपाली काग्रेस

महालक्ष्मी नगरपालिका
प्रमुखः नेकपा माओवादी केन्द्र
उपप्रमुखः नेपाली काग्रेस

कोन्ज्योसोम गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस

बागमती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

महांकाल गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

1.jpg

2.jpg

3.jpg

ललितपुर महानगरमा भने मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने यसअघि नै सत्तागठबन्धनमा सहमति भएको थियो।

बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्रीबीच कांग्रेस र माओवादीबीच मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो।

278767170_665136544564648_3435981315212318282_n (2).jpg

 

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १५:३७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology