काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारको आज उछाल आएको छ । स्थानीय तहको निर्वाचन हुने सुनिश्चित बनेसँगै लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो।
आज बजार ९५ दशमलव ५२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २४२०.९६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १७.७४ अंकले बढेर ४६०.८८ को उचाइमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २३८ कम्पनीका ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ८.६ प्रतिशतले बढेको छ । जलविद्युत समूह ७.३२ प्रतिशत, बैंकिङ समूह २.६८ प्रतिशत, व्यापार समूह १.०५ प्रतिशत, होटेल तथा पर्यटन समूह २.८३ प्रतिशत, विकास बैंक समूह ६.५७ प्रतिशत, निर्जीवन बीमा समूह ४.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.८६ प्रतिशत, अन्य समूह ४.९७ प्रतिशत, लघुवित्त समूह ३.८ प्रतिशत, जीवन बीमा समूह ३.३६ प्रतिशत, म्युचुअल फन्ड समूह २।०६ प्रतिशत र लगानी समूह ५.६६ प्रतिशतले बढेको छ ।
यो दिन सानिमा बैंकको संस्थापक सेयरको सर्वाधिक २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ११ करोड ७६ लाख, अरुण भ्याली हाइड्रोपावरको ९ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ४१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३४ लाख रुपैयाँ, अपी पावरको ५ करोड २४ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ५ करोड ८ लाख रुपैयाँ, नेष्डो समृद्धि लघुवित्तको ५ करोड ५ लाख रुपैयाँ, एचआईडीसीएलको ४ करोड ९६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
यो दिन माउन्ट हाइड्रो, जनरल इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, सीईडीबी हाइड्रोपावर, जोशी हाइड्रोपावर, सिनर्जी पावर, एचआईडीसीएल, कालिका पावर र प्रोग्रेसिभ फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले बढेको छ ।
आज नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशतको हाराहारीमा घटेको छ । धितो