काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट १८ जनामा संक्रमण देखिँदा र एन्टिजेनबाट कोरोना पुष्टि भएको छैन।
२४ घण्टामा ४ हजार ९४७ कोरोना परीक्षण भएको छ । जसमा ३ हजार ६९१ पीसीआर र १ हजार २५६ एन्टिजेन परीक्षण भएको छ
यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
१८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २८३ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ४८ हजार ७८० छ ।