Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

१० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

दैनिकी न्यूज

१२, बैशाख २०७९
१० हजार ५३३ जनाको उम्मेदवारी दर्ता
images

काठमाडौं । स्थानीय चुनावका लागि आइतबार देशभर गरी विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि साना दलका र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो।

निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवार मनोनयनको समय तोकेकाले ठूला दलले अन्तिम समय कुर्दै मनोनयन दर्ता गरेका छैनन् । सत्तारुढ ५ दलीय गठबन्धनको भागबण्डा टुंगो लाग्न नसक्दा उम्मेदवारी दर्ता हुन नसकेको हो । मनोनयनको पहिलो दिन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतले उम्मेदवारी दर्ता गराएका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०६:१३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology