Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वाणिज्य बैंक बढीमा १५ भए प्रर्याप्त

वाणिज्य बैंक बढीमा १५ भए प्रर्याप्त

दैनिकी न्यूज

१३, बैशाख २०७९
वाणिज्य बैंक बढीमा १५ भए प्रर्याप्त
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमार्फत बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीति लिइरहेका बेला सरोकारवाला तथा विज्ञहरूले पनि वाणिज्य बैंकको संख्या आधा घटाउन सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा सहभागीहरूले अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आम्दानी तथा जनसंख्याको आकारका आधारमा नेपालमा बैंकको संख्या बढी भएको भन्दै घटाउन सुझाव दिएका हुन् ।

मर्जर तथा एक्वीजिशन नीति जारी गरेको १ दशकपछि राष्ट्र बैंकले पहिलोपटक बैंकको संख्याबारे अध्ययन गरेको हो । अध्ययनका लागि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०, सहायक प्रमुख कार्यकारी अधिकृत, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष, सञ्चालक, उच्च तहका कर्मचारी गरी १ सय ४० जना र ९० जना विज्ञ गरेर २ सय ३० जनासँग प्रश्नावलीमार्फत सुझाव संकलन गरिएको थियो ।

उत्तरदातामध्ये ५० प्रतिशतले वाणिज्य बैंकको संख्या ११ देखि १५ हुनुपर्ने सुझाव दिएका छन् । यसैगरी, २० प्रतिशतले ५ देखि १० ओटा, १५ प्रतिशतले १६ देखि २० ओटा र बाँकी १५ प्रतिशतले २० देखि २५ ओटा बैंक बनाउँदा उपयुक्त हुने सुझाव दिएका छन् । हाल २७ ओटा वाणिज्य बैंक सञ्चालनमा छन् । आजको आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - ०७:४०:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology