Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने माओवादी केन्द्रको बागमती प्रदेशको चेतावनी

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने माओवादी केन्द्रको बागमती प्रदेशको चेतावनी

दैनिकी न्यूज

१४, बैशाख २०७९
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने माओवादी केन्द्रको बागमती प्रदेशको चेतावनी
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश समितिले स्वतन्त्र चिन्ह लिँदै बागी उम्मेदवार दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै वैशाख १५ गतेभित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न समितिले निर्देशन दिएको हो। त्यस्तै, पार्टीको निर्देशनविपरीत कदम नचाल्न पनि निर्देशन दिएको छ।

बागी उम्मेदवारी मनोनयन फिर्ता नलिए समितिले जारी गरेको निर्वाचन निर्देशिका अनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारबाही गर्ने चेतावनी दिएको छ।

त्यस्तै, विपक्षी दलका उम्मेदवार र बागी उम्मेदवारलाई सहयोग पुर्‍याउनेमाथि पनि कारबाही गर्ने समितिले चेतावनी दिएको छ।

‘पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवार तथा विपक्षी दलका उम्मेदवारलाई खुला वा छदम सहयोग पुर्‍याउने कार्य गर्ने सबैलाई बागि उम्मेदवारकै स्तरको गल्ती मानी कडा कारबाही गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ।

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - ०७:१२:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology