Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सातामा २ दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय

सातामा २ दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय

दैनिकी न्यूज

१४, बैशाख २०७९
सातामा २ दिन शनिबार र आइतबार विदा दिने सरकारको निर्णय
images

काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिए ।


उनका अनुसार कार्यालय समय विहान ९ः३० बजे र साँझ ५ः३० बजेसम्म कायम गरिनेछ ।


यसअघि नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - १४:५१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology