Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शिव कट्टेलसहितको टोली घरदैलो अभियानमा (तस्बिरहरू)

शिव कट्टेलसहितको टोली घरदैलो अभियानमा (तस्बिरहरू)

दैनिकी न्यूज

२०, बैशाख २०७९
शिव कट्टेलसहितको टोली घरदैलो अभियानमा (तस्बिरहरू)
images

ललितपुर । स्थानीय तह को निर्वाचन नजिकिएसँगै दलहरूले घरदैलो अभियानलाई तीव्रता दिन थालेका छन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ (पाँच दलीय) गठबन्धन माओवादी केन्द्रको तर्फबाट टिकट पाएका महालक्ष्मी नगरपालिकाका मेयर पदका उम्मेदवार शिव कट्टेल, उपमेयरका उम्मेदवार लक्ष्मी महर्जनसहितको टोली भोट माग्न घरदैलो अभियानमा लागेका छन्।

उनी सहितको टोली आज इमाडोलको बोझेपोखरीमा जनताको घरदैलोमा गएका हुन्।

दलहरूका उम्मेदवार दैनिक रूपमा घरदैलो कार्यक्रम गरी भोट माग्न आउने क्रम बढेको इमाडोलका स्थानीय गोपी कार्कीले बताए ।

निर्वाचनका कारण अहिले महाललक्ष्मी नगरपालिकामा चुनावको चहलपहल बढेको उमंग केसी बताए । “गाउँघरका चियापसल र चोकमा समेत निर्वाचनकै कुरा हुने गरेको छ । घरदैलो अभियानमा आएका उम्मेदवारहरु आफ्नो प्रतिबद्धता सुनाउनु भएको छ । ” उनले भने, घरदैलो अभियानमा उम्मेदवारले स्थानीय विकास निर्माणका मुद्दा उठाएर मतदातालाई आश्वस्त पार्ने, पार्टीले बनाएको निर्वाचनसम्बन्धी गीतमा नाचगान गरी मतदातालाई आकर्षित गर्नेलगायतका गतिविधि सञ्चालन गर्ने गरेको उनले सुनाए ।

279635445_715128619684177_5005285008613129683_n.jpg

shiva maha 1.jpg

279310146_304457935194322_972796436752486821_n.jpg

279555365_489726182904808_4160130694636229656_n.jpg

 

279091732_514853263683122_9067111304189418607_n.jpg

279519861_546134286885463_8348930399949715535_n.jpg

279295224_316177720630833_1793841493821970690_n.jpg

279344841_710300703501097_8402003928926545195_n.jpg

279642319_573139040642077_1774064229957940192_n.jpg

 

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - १३:३१:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology