Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

महालक्ष्मी नगरपालिकामा सत्तागठबन्धनको संयुक्त घरदैलो (फोटोफिचरसहित)

महालक्ष्मी नगरपालिकामा सत्तागठबन्धनको संयुक्त घरदैलो (फोटोफिचरसहित)

केशव घिमिरे

२१, बैशाख २०७९
महालक्ष्मी नगरपालिकामा सत्तागठबन्धनको संयुक्त घरदैलो (फोटोफिचरसहित)
images

ललितपुर । महालक्ष्मी नगरपालिकामा सत्तागठबन्धनका उम्मेदवारहरुले बुधबार पनि संयुक्त घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

सत्तागठबन्धनबाट मेयरमा माओवादी केन्द्रका शिव प्रसाद कट्टेल, उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन रहेका छन् ।

मेयर र उपमेयरसहित गठबन्धनबाट वडा अध्यक्ष, सदस्यहरुका उम्मेदवारहरु समेत संयुक्त घरदैलो अभियानमा छन् ।

घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता/कार्यकर्ताले भोट पनि हसिँया हथौडा र रुख चिन्हमा मागिरहेका छन् ।

आज महालक्ष्मी नगरपालिका वडा नं. ८ को विष्णुडोल, शंखादेवी, नेपाल चौर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेको नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाका उपसभापति विवेक कार्कीले बताए ।

कांग्रेस र माओवादी केन्द्रको संयुक्त घरदैलो कार्यक्रममा उक्त क्षेत्रलाइ एक नयाँ वडा बनाउने र भैराखेको विकास निर्माणलाई ध्यान दिई नमुना गाउँ बनाउने उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेको उपसभापति कार्कीको भनाई छ ।

स्थानीयले मेयरका उम्मेद्वार कट्टेल, उपमेयरकी उम्मेद्वार महर्जनलगायतका उम्मेद्वारहरुलाई टिका, खादा र अबिर लगाएर बिजयको लागि अग्रिम शुभकामना दिएका थिए ।

मेयरका उम्मेदवार कट्टेलले वैशाख २७ गतेसम्म संयुक्त घरदैलो अभियान चल्ने बताए । बिहान घरदैलो गर्ने र दिउँसो सामुहिक भेटघाट गर्ने गरी चुनावी प्रचारलाई व्यवस्थित गरिएको उनले जानकारी दिए ।

यसअघि संयुक्त गठबन्धनले आइतबार वडा नं. १, २, सोमबार वडा नं. ५ र मंगलबार वडा नं. ३ मा संयुक्त रुपमा घरदैलो अभियान संचालन गरेका थिए ।

maha 1.jpg

maha 2.jpg

maha 3.jpg

maha 4.jpg

maha 5.jpg

maha 7.jpg

maha 8.jpg

maha 9.jpg

maha 10.jpg

279884909_1207259596748928_192096104717370740_n.jpg

279570748_560841138734286_3367272352881699484_n.jpg

279668718_3258281184494687_9088229576274065210_n.jpg

 

images
प्रकाशित मिति :बैशाख २१, २०७९ बुधवार - १३:११:३२ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology