Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादीलाई जिताएर सीमा नाकाको समस्या समाधान गर्ने अवसर दिनुहोस्

माओवादीलाई जिताएर सीमा नाकाको समस्या समाधान गर्ने अवसर दिनुहोस्

दैनिकी न्यूज

२२, बैशाख २०७९
माओवादीलाई जिताएर सीमा नाकाको समस्या समाधान गर्ने अवसर दिनुहोस्
images

शान्तकुमार बुढा मगर/राजपुर (दाङदेउखुरी)। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणी शर्मा प्रतीक्षाले नाका क्षेत्रको उन्नति र विकास गर्न माओवादी केन्द्रका उम्मेदवार लाई भोट दिनुपर्ने बताउनु भएको छ।
माओवादी केन्द्र राजपुर गाउँपालिकाको चुनावी अभियानको क्रममा भारतसँग सिमाना जोडिएको दाङदेउखुरीको नाका पुग्नुभएका उहाँले माओवादी उत्पीडित, गरिब दुःखी र पिछडिएका बस्ती, समुदायको पक्षमा लड्ने पार्टी भएकाले चुनावमा माओवादी उम्मेदवारहरुलाई भोट दिनुपर्ने बताउनु भयो।
‘अघिल्लो निर्वाचनमा हाम्रो पार्टीले राजपुर गाउँपालिका हार्दा नाकालगायत यस पालिकाका विकट क्षेत्रमा पर्याप्त बिकास हुन सकेन,’ उहाँले भन्नुभयो, ‘हामीले जितेका वडाहरुमा अन्य वडामा भन्दा केही विकास भएको छ, त्यो पनि हाम्रो पार्टीबाट जितेका जनप्रतिनिधिहरुको सक्रियताले सम्भव भएको हो।’
माओवादी केन्द्रका राजपुर गाउँपालिका अध्यक्षका उम्मेदवार चक्रबहादुर खड्काले यातायात, शिक्षा स्वास्थ्यलगायत नाकाका समस्या हल गर्न आफूलगायत माओवादी केन्द्रका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो।
नाकाबासीको समस्या भारतको सीमा क्षेत्र नाकामै बस्ने व्यक्तिले मात्रै बुझ्न सक्ने भन्दै आफू नाकाबासी भएकाले सीमा क्षेत्रका समस्या हल गर्न पूरै खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नाका क्षेत्रको विकास गर्न आफूसँग थुप्रै योजना र क्षमता रहेको भन्दै उहाँले पाँच वर्षमा पालिकादेखि प्रदेश र केन्द्रसँग लडाईं लडेर नाका र समग्र राजपुरको मुहार फेर्ने प्रतिबद्धता दोहो¥याउनु भयो।
नाकाबासीको प्रश्न– सडक, पानी, विजुली र फोन सुविधा कहिले पाइन्छ?
यसैबीच चुनावी अभियानमा नाका (नेपाल–भारत सीमा क्षेत्र) पुगेका उम्मेदवारहरुलाई नाकाबासीले आफ्नो गाउँ ठाउँमा सडक, विजुली खानेपानी र सञ्चारको सुविधा कहिले पाउँछौं भनी प्रश्न गरेका छन्।
बर्षौंदेखि सीमा सुरक्षा गर्दै आएका नाकाबासी देशमा गणतन्त्र आएको १५ वर्ष बितिसक्दा पनि बिजुली, सडक र सञ्चारजस्ता आधारभूत सेवा सुविधानबाट वञ्चित हुनुपरेको भन्दै आक्रोशित बनेका हुन्।

मतदाताको प्रश्नमा माओवादी केन्द्र राजपुर गाउँपालिका अध्यक्षका उम्मेदवार चक्रबहादुर खड्काले अघिल्लो कार्यकालका जनप्रतिनिधिले सीमा क्षेत्रलाई चासो नदिदा नाका क्षेत्रको विकास पाँच वर्ष पछि धकेलिएको बताउनु भयो। उहाँले नाका र राजपुरका विकट क्षेत्रहरूको बिकास गर्न आफूले उम्मेदवारी दिएको र पार्टीले पनि त्यो जिम्मेवारीको लागि आफूलाई नै चुनेको भन्दै नाकाबासीले माग आफूले पूरा गर्ने बताउनु भयो।

२०२५ सालदेखि दाङदेउखुरीमा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा बस्दै आएका नेपालीहरु अहिले पनि सडक, सञ्चार, विद्युत, खानेपानी, स्वास्थ्य जस्ता अत्यावश्यकीय सुविधाबाट वञ्चित हुँदै आएका छन्। खाद्यान्न किन्नसमेत भारतीय बजारमा निर्भर हुनुपर्ने नाकाबासीले हरेक निर्वाचनमा भोट माग्न आउने नेताहरुलाई विकास र सुविधा माग्दै आएका छन्।

images
प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - ०६:३५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology