Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने

मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने

दैनिकी न्यूज

२२, बैशाख २०७९
मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने
images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलमा कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरि कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको हो । मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरि खोप लगाउन छुटेकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने बताइन्।

उनका अनुसार मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका नागरिकका लागि पहिलो, दोस्रो र बुस्टर डोज प्रदान गरिनेछ। खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड लिएर जानसमेत अनुरोध गरिएको छ।

images
प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - ०७:२८:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology