Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अब सेयर बजार शुक्रबार पनि खुल्ने

अब सेयर बजार शुक्रबार पनि खुल्ने

दैनिकी न्यूज

२३, बैशाख २०७९
अब सेयर बजार शुक्रबार पनि खुल्ने
images

काठमाडौँ । जेठबाट पनि शेयर बजार पाँच दिन नै खुल्ने भएको छ। शुक्रबार पनि बजार खोल्न पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको बुझिएको छ।

नेपाल धितोपत्र बोर्डका अनुसार जेठ महिनादेखि देखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले यस्तो जानकारी दिएका हुन्।

उनले यसअघि शुक्रबार बन्द हुँदै आएको सेयरबजार सञ्चालनका लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिईसकेका जानकारी दिए।

सरकारले २०७९ जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोही निर्णय अनुसार नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल गर्दै आएको थियो। 

images
प्रकाशित मिति :बैशाख २३, २०७९ शुक्रवार - १३:४३:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology