Logo

सोमवार, श्रावण २५ गते २०८३

images

महालक्ष्मीका मेयर उम्मेदवार शिव कट्टेल घरघरमा पुग्दा स्थानीय उत्साहित

महालक्ष्मीका मेयर उम्मेदवार शिव कट्टेल घरघरमा पुग्दा स्थानीय उत्साहित

रामहरि कार्की

२४, बैशाख २०७९
महालक्ष्मीका मेयर उम्मेदवार शिव कट्टेल घरघरमा पुग्दा स्थानीय उत्साहित
images

ललितपुर । महालक्ष्मी नगरपालिकाका गठबन्धन (नेपाली कांग्रेस र माओवादी केन्द्र) का मेयर उम्मेदवार शिव प्रसाद कट्टेलसहितको गठबन्धन टोलीले चुनावी प्रचारप्रसारलाई तीब्रता दिएको छ । चुनाव नजिकिँदै गर्दा मेयर, उपमेयर, वडाध्यक्षसहितको टोली घरदैलो कार्यक्रममा व्यस्त रहेको छ । घरदैलोे कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ । नगरपालिकाको नयाँ नेतृत्वमा कट्टेललाई अघि सार्न स्थानीयवासी प्रचारप्रसारमा सहभागी हुँदै उनको पक्षमा भोट मागिरहेका छन् । उनीहरु पनि उत्साहित देखिएका छन् । घरदैलो कार्यक्रममा गठबन्धनमा रहेको नेपाली कांग्रेसले पनि कट्टेलको पक्षमा भोट मागिरहेको छ ।

महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का शिव प्रसाद कट्टेल मेयरका प्रत्यासी छन् । तीन दशकदेखि महालक्ष्मी क्षेत्रमा सामाजिक कार्यसँगै माओवादी केन्द्रको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका कट्टेल अहिले सोहि क्षेत्रमा मेयर बन्ने दौडमा छन् । उनी विहान सवेरैदेखि राती अबेरसम्म स्थानीयको घरदैलोमा पुग्ने गरेका छन् ।
कट्टेलसँगै सोहि नगरपालिकामा गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार बनेकी महर्जन पनि घरदैलोमा पुग्ने गरेकी छन् । उनीहरुले शुक्रबार पनि सदाझै विहानैदेखि घरदैलो कार्यक्रम सुरु गरेका छन् । शुक्रबार महालक्ष्मी–१, इमाडोल, लुभू, सिद्धिपुर क्षेत्रका स्थानीयको घरदैलोमा उम्मेदवार पुगेका छन् । उनीहरुले पालिकाको नेतृत्व आफूहरुले गर्न सके ‘एक घर एक धारा’को व्यवस्था गर्ने पनि स्थानीयसामु प्रतिवद्धता जनाएका छन् । शुक्रबार गरिएको घरदैलो कार्यक्रममा करिब ५ सय स्थानीय र पार्टीका नेता कार्यकताको सहभागी रहेको छ । दिनभरीनै प्रचारप्रसार र घरदैलो कार्यक्रममालाई तीब्रता दिने मेयरका उम्मेदवार कट्टेलले बताए । उनले भने, ‘अरु बेला पनि सकेसम्म स्थानीयको घरघरमा पुगेको हो, तर चुनावको बेला अघि धेरै पुग्नुपर्छ,’ उनले भने, ‘घरदैलोमा स्थानीयवासीको निकै उत्साह छ, त्यसैले म खुशी छु ।’ उनले आफूले चुनाव जिते प्रतिवद्धता जनाएका सबै कामहरु पाँच वर्षमा गरिसक्ने बताए ।

महालक्ष्मी नगरपालिकामा सत्ता गठबन्धन भएपनि नेकपा (एकिकृत समाजवादी) ले छुट्टै उम्मेदवार अघि सारेको छ । यहाँ माओवादी केन्द्रलाई कांग्रेसको साथ छ । त्यस्तै एमालेबाट हरिगोविन्द श्रेष्ठ मेयरका उम्मेदवार छन् । यसअघि एमालले जितेको उक्त नगरपालिकामा यसपटक भने माओवादी केन्द्रले नै बाजी मार्ने अवस्था देखिएको छ । यद्यपी सबै दलका उम्मेदवार आ–आफ्नै तवरले चुनावी प्रचारप्रसारमा केन्द्रित बनेका छन् ।

यी हुन वडाअध्यक्षका उम्मेदवार
महालक्ष्मी नगरपालिकामा वडा नं. १, ६, ८ र १० मा सत्ता गठबन्धन दलसँग मित्रवध प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रले जनाएको छ । भने बाँकी रहेको वडा नं. २, ३, ४, ५, ७ र ९ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने माओवादी केन्द्रले जनाएको छ ।

महालक्ष्मी नगरपालिकाको वडा नं. १ इमाडोलका माओवादी केन्द्र तर्फबाट वडा अध्यक्षका उम्मेदवार अभिषेक खत्री केसी, दलित महिला सदस्य सरिपा परियार, महिला सदस्य, महिला मिनु प्रधान, खुल्ला सदस्यहरु तिलक बहादुर वि.क र दिनेश महर्जन चुनावी मैदानमा रहेका छन् । यस वडामा नेकपा एमाले, एकीकृत समाजवादी, नेपाली कांग्रेस र राप्रपाले समेत उम्मेदवारी दिएका छन् ।

महालक्ष्मी–६ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार धर्म महर्जन, दलित महिला सदस्य लक्ष्मी तिखत्री, महिला सदस्य शोभा महर्जन, खुल्ला सदस्यहरु सुरेन्द्र महर्जन र शसान महर्जन चुनावी मैदानमा रहेका छन् ।

महालक्ष्मी नगरपालिकाको वडा नं. ८ का माओवादी केन्द्र तर्फबाट वडा अध्यक्षका उम्मेदवार सानुकान्छा श्रेष्ठ, दलित महिला सदस्य तुलसी विश्वकर्मा, महिला सदस्य इन्द्र कमल श्रेष्ठ, खुल्ला सदस्यहरु प्रेम कृष्ण महर्जन र रविन्द्र महर्जन चुनावी मैदानमा रहेका छन् ।

महालक्ष्मी–१० का माओवादी केन्द्र तर्फबाट वडा अध्यक्षका उम्मेदवार बलराम लामा, दलित महिला सदस्य सरिता सुनार, महिला सदस्य निशा गुरुङ, खुल्ला सदस्यहरु राजकुमार तामाङ र सेते तामाङ चुनावी मैदानमा रहेका छन् ।

279644095_1687212044968981_6255879622930052822_n.jpg

279580114_1352399245258730_7491725275043661499_n.jpg

279719567_293098526360133_9197992304684151175_n.jpg

279595802_697078364944876_7584664168551057335_n.jpg

279639422_696901624851322_369131416501177243_n.jpg

279793267_702749007435963_1023545223646549238_n.jpg

279431621_587578165635077_1592140985327516597_n.jpg

279889092_365155338979800_7617125845996837877_n.jpg

279561507_689863808957823_3611095024269663197_n.jpg

 

images
प्रकाशित मिति :बैशाख २४, २०७९ शनिवार - १२:३४:५४ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology