Logo

आइतवार, श्रावण २४ गते २०८३

images

वडामा सुरक्षित आवास र शौचालय बनाउने योगीको प्रतिबद्धता

वडामा सुरक्षित आवास र शौचालय बनाउने योगीको प्रतिबद्धता

दैनिकी न्यूज

२४, बैशाख २०७९
वडामा सुरक्षित आवास र शौचालय बनाउने योगीको प्रतिबद्धता
images

बाँके । नेकपा (माओवादी केन्द्र)को तर्फबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भुनाथ योगीले आफू निर्वाचित भए फुटहाको महौतका लागि सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्दै महौत बस्ती पुग्ने उम्मेदवारलाई स्थानीय मतदाताहरुले सुरक्षित आवासको ग्यारेन्टी गर्न भनेपछि केही छिन अलमल्ल पर्ने गरेका छन् । ४० घरपरिवारको बस्तीमा सुरक्षित बास र शौचालयको समस्या छ ।
सुनिल कुशबधियाले भने, ‘५ वर्ष पहिला पनि यसै गरी मत माग्न आउनेहरु हात जोड्दै कतिपयले खुट्टा समातेर चुनाव जिताइदिन आग्रह गर्दै चुनाव जिते समस्या समाधान गर्ने बताए पनि चुनाव जितिसकेपछि फर्केर आएनन् । भोटका लागि खुट्टा समातेर असल संस्कारी बनेकाहरु चुनाव जितिसकेपछि हामीले नमस्कार गर्दासमेत फर्काएन्न । अब त नेताहरुलाई देखेर घृणा लाग्ने गरेको सुनाए ।
अब नयाँ अनुहार भए जनताको सेवा गर्न सक्ने व्यक्तिलाई चुनावमा मतदान गरी विजय गराउने आफ्नो समुदायले निर्णय गरेको उनले बताए । महौतहरुको समस्या समाधानका लागि प्रतिबद्धता पत्रमा उल्लेख गरेका व्यक्तिलाई आफूहरुले मतदान गर्ने जिकिर गरे ।
राजनितिक दलहरुले निर्वाचन प्रचारप्रसार तिव्र रुपमा गरिरहेका बेला शुक्रबार माओवादी केन्द्रका तर्फबाट नेपालगञ्ज १९ मा उम्मेदवारी दिएका शम्भुनाथ योगी नेतृत्वको टोली महौत बस्तीमा पुगे पछि कुशबधीयाहरुले आवाश र शौचालय बनाउन माग गरेका थिए । अध्यक्ष पदका उम्मेदवार योगीले आफूले कुशबधिया समूदायले उठाएको मुद्दा र सुकुम्बासी समस्या समाधान गर्ने आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेको बताउदै निर्वाचित भए पहिलो निर्णय नै सुरक्षित आवाश र शौचालय निमार्णका लागि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
योगीको कुराले कुशबधिया समुदाय प्रभावित भएर एक छापे मतदान गर्ने बताएका थिए । आर्थिक आभावका कारण फुसको छाप्रोमा जेनतेन जीवन गुजारा चलाउँदै आएका स्थानीयवासी जानकी कुशबधियाले सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा आफू पुगेको बताइन् ।
‘सधैँभरी मजदूरी गरेर परिवार पाल्दै आएका छौं’, उनले भन्न्,ि ‘नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो, अरुबेला उहाँहरुको अनुहारै देख्न पाइदैन, यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु।’ स्थानीयवासी ६० वर्षीय वृद्ध सुरेशले पनि घर र शौचालय बनाइदिने उम्मेदवारलाई मात्र मत दिने बताए । ‘वर्षौंदेखि हामीले भोट हालेर वडा अध्यक्ष बनाएकै छौं, तर जितेर गएपछि नेता पुनः आफूहरुको समस्या बुझ्नै आउँदैन’, उहाँले भन्नुभयो, ‘त्यसैले यही बेलामा नेताहरुसँग केही कुरा माग्ने हो ।’
‘पटक–पटकको निर्वाचनमा हामीले मत दिएर थुप्रै नेतालाई जितायौँ, तर हाम्रो अवस्थामा भने केही सुधार आएन् उहाँले भन्नुभयो, ‘अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मात्र मत दिन्छौँ।’ करिब पाँच वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालिको चुनावमा सुरक्षित आवास र शौचालयको ग्यारेन्टी गर्ने माओवादीलाई मतदान गर्ने निर्णय गरेको बताए ।
माओवादी उम्मेवारहरुलाई विजय गराउन वडाको इन्चार्जको जिम्मेवारी पाएकी माओवादी नेतृ मिना मल्लले चुनावका बेला अधुरा सपना देखाउनेहरुको पाँच बर्षमा चरित्र चित्रण भई सकेकोले जनताको भावना बुझ्न सक्ने योगी नेतृत्वको टीम मात्र देखा परेकोले एक पटक जिताएर काम गर्ने अवसर प्रदान गर्न आग्रह गरीन । माओबादीको जित भए पाँच वर्ष भित्रै सुरक्षित आवास र शौचालय बनाएर देखाउने नेतृ मिनाको दाबी थियो ।
वडा अध्यक्षका उम्मेदवार योगीसँगै वडा सदस्यहरु ललउ महाउत, गोमती प्रसाद बर्मा, शान्ता परियार, मन्जु ज्ञवाली पनि घरदैलो कार्यक्रममा सहभागी हुनुभएको थियो।

images
प्रकाशित मिति :बैशाख २४, २०७९ शनिवार - १७:४६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology