Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

दैनिकी न्यूज

२५, बैशाख २०७९
मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल
images

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानको वैकल्पिक व्यवस्थाबारे निर्णय गर्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र नहुने मतदाताका हकमा आयोगले हालसम्म कुनै निर्णय नगरेको प्रस्ट्याए ।

आयोगले जारी गरेको मतदाता परिचयपत्रका आधारमा मात्रै मतदान गर्न पाउने निर्वाचन ऐनले व्यवस्था गरेको छ । यद्यपि, राजनीतिक सहमति वा आयोग पदाधिकारीको निर्णयले वैकल्पिक व्यवस्था समेत गरिँदै आएको छ ।

यसरी वैकल्पिक व्यवस्थाअन्तर्गत आयोगले नागरिकता वा परिचय खुल्ने सरकारी कागजातका आधारमा समेत मतदान गर्न पाउने विगतमा निर्णय गर्दै आएको थियो । तर, त्यसका लागि आयोगले जारी गरेको मतदाताको अन्तिम नामावलीमा नाम समावेश भएको हुनुपर्छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :बैशाख २५, २०७९ आइतवार - ०६:१९:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology