Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चुनावी वातावरण बिगार्न मिडिया प्रयोग, गठबन्धनले निकाल्यो कडा विज्ञप्ति

चुनावी वातावरण बिगार्न मिडिया प्रयोग, गठबन्धनले निकाल्यो कडा विज्ञप्ति

दैनिकी न्यूज

२७, बैशाख २०७९
चुनावी वातावरण बिगार्न मिडिया प्रयोग, गठबन्धनले निकाल्यो कडा विज्ञप्ति
images

ललितपुर । बागमती गाउँपालिकाको गठबन्धनले भ्रामक समाचार निकालेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार केही अनलाइनमा बागमती पालिकाका वडामा एमालेलाई चुनाव प्रचारमा अबरोध गर्दै गाडी तोडफोड गरेको समाचार प्रकाशित भएपछी गठबन्धनले मंगलबार विज्ञप्ति निकालेको हो । संयुक्त विज्ञप्तिमा गठबन्धन शान्तिपुर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको जनाइएको छ ।

उसले चुनावी वातावरण बिथोल्न मिडिया प्रयोग हुन खोजेको शंका गरेको छ । 'भ्रामक समाचार प्रकाशित गरेकोमा हामी गम्भीर आपत्ति जनाउँछौँ,' गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कपोल्कल्पित समाचार प्रकाशन नगर्न र प्रमाण पेश गर्न चुनौती दिन चाहन्छौं ।' चुनावी वातावरण बिगार्न खोजिएको गठबन्धनले आरोप लगाएको छ ।

निर्वाचन आयोगसंग गठबन्धनले भ्रामक सूचना फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पनि गराएको छ । सोमबार ललितपुरबाट संचालित एक अनलाइनले 'नेकपा एमालेकोको चुनावी प्रचारमा गठबन्धन दलद्वारा अवरोध र गाडी तोडफोड' भन्ने समाचार प्रकाशन गरेको थियो । वडा नम्बर ३ भट्टेडाडाको  सो समाचारले चुनावी वातावरण बिगार्ने उद्देश्य राखेको गठबन्धनले आरोप लगाएको छ ।

bagmati.jpg

 

 

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - ११:०४:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology