काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १३ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ६३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
२ हजार ३७६ जनाको पिसिआर र १ हजार २५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै, १७ जना कोरोना मुक्त भएका छन्।
अहिले देशभर १८५ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।