Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बढ्यो कोरोनाको जोखिम

बढ्यो कोरोनाको जोखिम

दैनिकी न्यूज

२९, बैशाख २०७९
बढ्यो कोरोनाको जोखिम
images

काठमाडौं । छिमेकी मुलुक भारतमा नयाँ भेरिएन्ट ‘बीए २.१२’ केही दिनयता बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढ्ने सम्भावना देखिएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चुनावको समयमा भारतमा बस्ने नेपाली आउने भएकाले संक्रमणको जोखिम बढी देखिएको छ ।

विभागले नेपालमा केही दिनयता संक्रमण बढेको आशंकामा अनुसन्धान शुरू गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। संगीता कौशल मिश्रका अनुसार कोभिड संक्रमण दर घटे पनि भारतमा संक्रमण बढेकाले जोखिम अझै कायम छ ।

बुधबार कुल ३ हजार ७७ जनाको कोभिड–१९ परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको छ । हाल मुलुकभर सक्रिय संक्रमित १ सय ८५ जना रहेका छन् भने संक्रमण दर ०.६ प्रतिशत रहेको छ । संक्रमण बढे पनि सघन उपचार (आईसीयू र भेन्टिलेटर) मा कोही पनि बिरामी नरहेको विभागले जनाएको छ ।

नेपालमा हालसम्म बीए २।१२ को नयाँ भेरिएन्ट हालसम्म नदेखिए पनि सर्तक हुनुपर्ने देखिएको डा। मिश्रको भनाइ छ । तर, सीमावर्ती बिहार, नयाँ दिल्ली लगायतको ठाउँमा भने सो भेरिएन्ट पुष्टि भइसकेको छ । राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०७:०३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology