ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका मत परिणाम सार्वजनिक भएको छ । ८८९ गन्दा मेयरमा मा नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले अग्रता बनाएका छन् ।
कट्टेलले २८२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ २८१ ल्याएर पछ्याइरहेका छन् । यस्तै उपमेयरमा एमालेबाट विना सुवेदीरे ३७५ मत प्राप्त गरेर अग्रता बनाएका छन् । कांग्रेसका उमपेयर लक्ष्मी महर्जनले २५५ का साथ पछ्याइरहेको अवस्था छ ।
त्यस्तै वडा अध्यक्षमा एमालेका उम्मेदवारले ३२०, नेपाली कांग्रेसले १८९ र माओवादी केन्द्रले १७९ मत ल्याएका छन् ।