Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१४ पालिकाको मत परिणाम सार्वजनिक (हेर्नुहोस सूचि)

१४ पालिकाको मत परिणाम सार्वजनिक (हेर्नुहोस सूचि)

दैनिकी न्यूज

१, जेठ २०७९
१४ पालिकाको मत परिणाम सार्वजनिक (हेर्नुहोस सूचि)
images

काठमाडौँ । देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा (एमाले) ले ६, नेपाली कांग्रेसले ५, नेकपा (एकीकृत समाजवादी) ले २ र नेकपा (माओवादी केन्द्र) ले १ पालिकाको प्रमुख जितेका छन्।

माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका एमाले, कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट जितेको छ।

अहिलेसम्म निर्वाचित भएकामध्ये मनाङको नासोँ गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल थियो। त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् ।

त्यसबाहेक अन्यमा भने दलहरु एक्ला–एक्लै प्रतिस्पर्धामा थिए। कांग्रेस गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर, उपमेयर र बहुसंख्यक वडाध्यक्ष समेत जितेको छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचन सदरमुकाम रहेको रेसुङा नगरपालिकामा एमालेले जीत हासिल गरेको थियो।

निर्विरोध निर्वाचित भएका तीन स्थानीय तहलाई अलग गर्ने हो भने अहिलेसम्म ११ स्थानीय तहको अन्तिम परिणाम आएको छ । त्यसमध्ये नेकपा एमालेले ५, कांग्रेस ५ र माओवादी केन्द्रले १ स्थानमा जितेको छ ।

शनिबार राति १२ बजेसम्मको परिणामअनुसार कांग्रेसले २६० स्थान, एमालेले १६७ स्थान, नेकपा माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ स्थानमा अग्रता बनाएका छन् ।

नेकपा एमाले विजयी भएका पालिकाहरुः
– मनाङको मनाङ ङिस्याङ गाउँपालिकाः कान्छा घले विजयी
– मनाङको चामे गाउँपालिकाः लोकेन्द्रबहादुर घले विजयी
– मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकाः लोप्साङ छोम्पेल विष्ट विजयी
– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाः रिङजिन नामगेल गुरूङ विजयी
– मुस्ताङको लोमान्थाङ गाउँपालिकाः टसी न्वर्वु गुरूङ विजयी
– डोल्पाको से फोक्सुण्डो गाउँपालिकाः धावा सम्डुङ गुरुङ विजयी

नेपाली कांग्रेस विजयी भएका पालिकाहरुः
– मनाङको नार्पा भूमी गाँउपालिकाः कोन्जो तेन्जीङ लामा विजयी
– मनाङको नासोँ गाउँपालिकाः धनबहादुर गुरुङ विजयी
– मुस्ताङको घरपोझङ गाउँपालिकाः मोहनसिंह लालचन विजयी
– गुल्मीको रेसुङ्गा नगरपालिकामाः खिलध्‍वज पन्थी विजयी
– गन्यापधुरा गाउँपालिकाः ईन्द्र बहादुर कार्की

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिकाहरुः
– डोल्पाको छार्का साङतोङ गाउँपालिकाः सेनाङ गुरुङ विजयी
– डोल्पाको काइके गाउँपालिकाः अंगदकुमार राना विजयी

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाः
– डोल्पाको जगदुल्ला गाउँपालिकाः नारसिङ रोकाय विजयी

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०५:५८:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology