Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

नवराज सिलवालको वडामा माओवादी केन्द्रको जित

नवराज सिलवालको वडामा माओवादी केन्द्रको जित

दैनिकी न्यूज

२, जेठ २०७९
नवराज सिलवालको वडामा माओवादी केन्द्रको जित
images

ललितपुर । अभिनेता राज घिमिरे गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष उम्मेदवार बनेका उनी १ हजार ५९ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का श्रीराम आचार्यले १ हजार ४९ मत प्राप्त गरेका छन् । उक्त वडा नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद नवराज सिलवालको हो ।

घिमिरे २०७४ सालको स्थानीय तहको निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।


घिमिरेले केही अगाडि आफुले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनै पनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।

फिल्म ‘चपली हाइट’ बाट अभिनेताको रुपमा सर्वत्र चिनिएका उनी पछिल्लो समय समाजसेवामा सक्रिय छन् ।

images
प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - ०६:४५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology