Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बागमती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका दर्लामी विजयी

बागमती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका दर्लामी विजयी

दैनिकी न्यूज

४, जेठ २०७९
बागमती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका दर्लामी विजयी
images

ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पालिकामा खसेको ९ हजार ५११ मतगणना गर्दा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन ४ हजार ९०९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का नवराज सञ्जेल ४ हजार ५३ मत ल्याए । सञ्जेल वडा नं. ७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

यस्तै, पालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार भक्तबहादुर दर्लामी मगर ४ हजार ६९२ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी नमुना दोङले ३ हजार ७०० मत ल्याइन् ।

गठबन्धनले पालिकाका ६ वटा वडामा जित हासिल गरेको छ भने एक वडामा एमालेले जित हासिल गरेको छ । वडा नम्बर ७ मा एमालेका उम्मेदवार होम प्रसाद बजगाई विजयी भएका हुन् ।

यस गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको थियो । जसमध्ये वडा नम्बर ५ को वडाध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो भने अन्य ६ वडा कांग्रेसको भागमा परेको थियो ।

वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका ज्ञान बहादुर लो, २ मा राम बहादुर ब्लोन, ३ मा नवराज खड्का, ४ मा रामकुमार लामा, ५ मा नवराज तिमल्सिना, ६ मा नारायण भोम्जन, ७ मा होम प्रसाद बजगाई विजयी भएका छन् ।

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०६:०३:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology