Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मध्यपुर थिमि नगरप्रमुख र उपप्रमुखका गठबन्धनमा उम्मेदवार निर्वाचित

मध्यपुर थिमि नगरप्रमुख र उपप्रमुखका गठबन्धनमा उम्मेदवार निर्वाचित

दैनिकी न्यूज

४, जेठ २०७९
मध्यपुर थिमि नगरप्रमुख र उपप्रमुखका गठबन्धनमा उम्मेदवार निर्वाचित
images

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मध्यपुर थिमि नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।

सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिस्पार्धी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतले पराजित गरेका छन् । सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् ।


नगरउपप्रमुखमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरे । श्रेष्ठले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे । नेपालले ८ हजार ९६३ मत पाएकी छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा मदनसुन्दर श्रेष्ठले १४ हजार मत प्राप्त गरेका थिए भने, उनका प्रतिस्पर्धी अष्टकुमार कवेले १० हजार १६५ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा मदनसुन्दरले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउन सकेनन् । मदरसुन्दर श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ नाताले जेठान हुन् ।

मध्यपुर थिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले, ८ वडामा नेमकिपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेको छ ।

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०६:०९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology