Logo

आइतवार, श्रावण २४ गते २०८३

images

४०५ स्थानीय तहको नतिजा सार्वजनिक

४०५ स्थानीय तहको नतिजा सार्वजनिक

दैनिकी न्यूज

४, जेठ २०७९
४०५ स्थानीय तहको नतिजा सार्वजनिक
images

काठमाडौँ । देशभरका ७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकिएको छ । बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १८५ पालिका जितेर नेपाली कांग्रेस पहिलो, ११५ स्थानमा जितेर नेकपा (एमाले) दोस्रो र ८२ पालिका जितेर नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा रहेको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल गरेका छन् ।

गणना बाँकी रहेका पालिकाहरुमा ठूला दलहरुले नै अग्रता लिइरहेका छन् । कांग्रेस १२९, एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो ।

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ०६:१६:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology