Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रले जित्यो जितपुर सिमरा उपमहानगर

माओवादी केन्द्रले जित्यो जितपुर सिमरा उपमहानगर

दैनिकी न्यूज

५, जेठ २०७९
माओवादी केन्द्रले जित्यो जितपुर सिमरा उपमहानगर
images

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजन पौडेल निर्वाचित भएका छन् ।

सत्तारुढ अरु दलको पनि समर्थन पाएका पौडेलले १८ हजार ७४३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सरस्वती चौधरीले १७ हजार ७७९ मत पाइन् ।

यस्तै लोसपाको मेयर उम्मेदवार सञ्जय साहले ५ हजार ३८२ मत ल्याएका छन् ।

उपप्रमुखमा भने एमालेका उम्मेदवार निर्वाचित भएका छन् । उपमेयरमा एमाले उम्मेदवार भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भए । उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेपाली काङ्ग्रेसकी मेघा शाही १५ हजार ८४२ मत मात्र ल्याएकी छन् ।

लोसपाको तर्फबाट उपमेयर उम्मेदवार बिपी मोक्तानले ५ हजार २७ मत पाए ।

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०६:०६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology