Logo

आइतवार, श्रावण २४ गते २०८३

images

६१७ पालिकाको मत परिणाम सार्वजनिक

६१७ पालिकाको मत परिणाम सार्वजनिक

दैनिकी न्यूज

६, जेठ २०७९
६१७ पालिकाको मत परिणाम सार्वजनिक
images

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान ६ बजेसम्म ६१७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो ।

जसमा २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा (एमाले) ले १७१ र तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले १११ स्थान जितेका छन् ।

यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा (एकीकृत समाजवादी) ले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २०, जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ ठाउँमा जितेका छन् ।

images
प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - ०७:०८:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology