Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

दैनिकी न्यूज

१३, जेठ २०७९
दोहोरो अंकले घट्यो शेयर बजार
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज शुक्रबार दोहोरो अंकले घटेको छ । केहि दिनदेखि निरन्तर उकालो लागेको नेप्से आज भने घटेको हो । आज नेप्से १५ दशमलव ८२ अंकले घटेर दुई हजार २ सय २३ दशमलव ७८ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ८ दशमलव शून्य ३ अंकले बढेर दुई हजार २ सय ३९ दशमलव ६० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा ६ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ । आज रु रु जलविद्युत परियोजनाको शेयरमूल्य ६.१३ प्रतिशतले बढेर प्रतिकित्ता ९ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, अप्पर तामाकोशी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र साम्लिङ पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज १७ करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - १५:२७:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology