Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सेयरबजारमा ३५.५३ अंकले घट्यो

सेयरबजारमा ३५.५३ अंकले घट्यो

दैनिकी न्यूज

१७, जेठ २०७९
सेयरबजारमा ३५.५३ अंकले घट्यो
images

काठमाडौं । सेयरबजार यो हप्ता लगातार दोस्रो दिन पनि गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३५ दशमलव ५३ अंकले र सेन्सिटिभ सूचक ७ दशमलव ११ अंकले घटेको हो।

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँमा किनबेच भएका छन्।

उत्पादनबाहेक बाँकी सबै समूहको सूचक राताम्य हुँदा निर्जीवन बीमा कम्पनीको सूचक ठूलो अंकले घटेको छ।

आज उपकार लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन नेपाल इन्भेस्टमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा १० प्रतिशतको हाराहारीले गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।

सर्वाधिक कारोबारमा एनआईसी एसिया बैंक अगाडि छ। कम्पनीको ५ करोड ३७ लाखको कारोबार भएको हो। 

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - १८:४४:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology