Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई आज प्रशिक्षण दिने

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई आज प्रशिक्षण दिने

दैनिकी न्यूज

१८, जेठ २०७९
माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई आज प्रशिक्षण दिने
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

आज र भोलि काठमाडौं कमलपोखरीस्थित कुमारी हलमा प्रशिक्षण हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे उद्घाटन गर्नेछन्।

माओवादीले प्रमुखमा १२१ जना र उपप्रमुख १२८ जना,पार्टीका इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष सहित केही स्वतन्त्रबाट जिते पनि माओवादीकै भएकाले प्रतिनिधिको संख्या बढ्ने भएको हो ।

स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण तयारी समिति समेत गठन गरिएको छ । जसमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, उर्मिला अर्याल, देव गुरुङ र प्रकाश विकल्प छन् ।

उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रशिक्षण दिने र लगत्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले ‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा प्रशिक्षण दिने तय भएको माओवादी केन्द्रले जनाएको छ।

बुधबार र बिहीबार जनप्रतिनिधिलाई राजनीतिक, वैचारिक, प्रशासनिक, कानुनी, लेखा परीक्षण, सूचना प्रविधिक र जनतासँगको सम्बन्ध सुधारका विषयमा प्रशिक्षण दिइने भएको छ ।

images
प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - ०९:०७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology