Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आज नेप्से सूचक दोहोरो अंकले घट्यो

आज नेप्से सूचक दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

१९, जेठ २०७९
आज नेप्से सूचक दोहोरो अंकले घट्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ओरोलो यात्रा कायमै रहेको छ । आज बिहीबार पनि नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १८ दशमलव २६ अंकले घटेर दुई हजार एक सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो । बुधबार नेप्से ७.२१ अंकले घटेर दुई हजार एक सय ३० दशमलब ७१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९।९७ प्रतिशतले बढेर प्रतिकित्ता १५३।३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६।४७ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालको भएको छ । यस कम्पनीको आज १२ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - २०:१२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology