Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज नेप्से सूचक दोहोरो अंकले घट्यो

आज नेप्से सूचक दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

१९, जेठ २०७९
आज नेप्से सूचक दोहोरो अंकले घट्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ओरोलो यात्रा कायमै रहेको छ । आज बिहीबार पनि नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १८ दशमलव २६ अंकले घटेर दुई हजार एक सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो । बुधबार नेप्से ७.२१ अंकले घटेर दुई हजार एक सय ३० दशमलब ७१ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ३९ कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९।९७ प्रतिशतले बढेर प्रतिकित्ता १५३।३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६।४७ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालको भएको छ । यस कम्पनीको आज १२ करोड १२ लाख भन्दा बढीको कारोबार भएको छ ।

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - २०:१२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology