Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्रको पूर्व स्थायी कमिटी बैठक आज दिउसो ३ बजे बस्दै

माओवादी केन्द्रको पूर्व स्थायी कमिटी बैठक आज दिउसो ३ बजे बस्दै

दैनिकी न्यूज

२१, जेठ २०७९
माओवादी केन्द्रको पूर्व स्थायी कमिटी बैठक आज दिउसो ३ बजे बस्दै
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्व स्थायी कमिटी सदस्यको बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ ।

बैठकमा स्थानीय निर्वाचनपछिको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल गर्न लागिएको हो।

माओवादीले गत बुधबार र बिहीबार राजधानीमा देशभरका आफ्ना जनप्रतिनिधिलाई बोलाएर प्रशिक्षण दिएको थियो।

आजको बैठकमा सो प्रशिक्षणबाट भएका उपलब्धिका बारेमा पनि छलफल हुनेछ।

८ औं महाधिवेशन सकेको माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी टुंग्याउन सकेको छैन्। महासचिवका दाबेदार बढ्दै जाँदा प्रचण्डलाई पदाधिकारी टुंग्याउन सकस परेको छ।

यसअघि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरिएको थियो।

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - १२:३९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology