Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइतवारको बिदा खारेज गर्ने सरकारको निर्णय

आइतवारको बिदा खारेज गर्ने सरकारको निर्णय

दैनिकी न्यूज

२३, जेठ २०७९
आइतवारको बिदा खारेज गर्ने सरकारको निर्णय
images

काठमाडौं । सरकारले शनिबार जस्तै आइतबार पनि दिने गरिएको बिदा खारेज गर्ने निर्णय लिएको छ।


सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार पनि दिने गरिएको बिदा खारेज गर्ने निर्णय लिएको हो।

एकजना मन्त्रीका अनुसार असार १ गतेबाट लागु हुने गरी आइतबारको सार्वजनिक बिदा हटाउने निर्णय क्याबिनेटबाट भएको हो।

यसअघि पेट्रोलियम पदार्थमा रहेको अर्बौं घाटा कम गर्ने भन्दै सरकारले गत जेठ १ गतेदेखि लागु हुने आइतवार पनि सार्वजनिक बिदाको निर्णय लिएको थियो।

तर सरकारको उक्त निर्णय चौतर्फी विरोध र अवज्ञा सुरु भएको थियो। देशका कयौँ स्थानीय तहले आइतवार बिदा दिने निर्णय अवज्ञा गर्दै विद्यालय लगाउन थालेका थिए।

 

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - २०:५८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology