काठमाडौं । सेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ । बजार आज १७.५८ अंकले घटेर नेप्से परिसूचक २०६२.८६ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.९९ अंकले घटेर ३९६.३९ को विन्दुमा आएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ४१ लाख ५६ हजार १०४ कित्ता सेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक २.३१ प्रतिशतले घटेको छ । विकास बैंक समूह २.०२ प्रतिशत, बैंकिङ समूह ०.४ प्रतिशत, व्यापार समूह ०.७१ प्रतिशत, होटेल तथा पर्यटन समूह १.४४ प्रतिशत, जलविद्युत समूह १.६५ प्रतिशत, निर्जीवन बीमा समूह ०.९१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९९ प्रतिशत, अन्य समूह १.५६ प्रतिशत, लघुवित्त समूह ०.७१ प्रतिशत, जीवन बीमा समूह ०.२९ प्रतिशत, म्युचुअल फन्ड समूह ०.३९ प्रतिशत र लगानी समूह ०.७४ प्रतिशतले घटेको छ ।
यो दिन कुमारी बैंकको सर्वाधिक ६ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख, अरुण काबेली पावरको ३ करोड ९८ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ३ करोड ९८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९५ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ८८ लाख रुपैयाँ, अपी पावरको ३ करोड ६८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ६२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड १४ लाख रुपैयाँ र शिवम सिमेन्टको २ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। उपकार लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन सिंगटी हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ५ प्रतिशत बढीको गिरावट आएको छ।