हेटौंडा । मकवानपुरको हेटौंडामा ग्यास बोकेको बुलेट ट्रकले ठक्कर दिँदा बाबू छोरीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा सो दुर्घटना भएको हो। भारतबाट ग्यास लिएर आएको एनएल ०१ एल २९७१ नम्बरको बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर लगत्तै बाबु-छोरी घाइते भएर लडेका थिए । ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको हेटौंडा अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।