Logo

सोमवार, श्रावण २५ गते २०८३

images

८ महिनामै राष्ट्रिय पार्टी बन्यो नेकपा एकीकृत

८ महिनामै राष्ट्रिय पार्टी बन्यो नेकपा एकीकृत

दैनिकी न्यूज

२९, जेठ २०७९
८ महिनामै राष्ट्रिय पार्टी बन्यो नेकपा एकीकृत
images

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन्। हालै भएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका–१५ मा विजयी उम्मेदवारलाई बधाइ तथा स्थानीयलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले विद्रोहबाट गठन गरेको पार्टीले जनतालाई विश्वस्त पार्दै प्राप्त गरेको सफलताले अहिले पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताए।   

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आगामी दिनमा देशभर सङ्गठनलाई विस्तार र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। निर्वाचनमा गठबन्धनले टिकट बाँडफाँटमा न्यायोचित मूल्याङ्कन गर्न नसक्दा आफ्नो दललाई सम्मान गर्न नसकेको र त्यसका कारण पार्टीलाई धेरै फाइदा नभएको उनले बताए। खनालले काठमाडौँ–१५ मा जस्तै देशभर एक्लै निर्वाचन लडेको भए पार्टीले अझै राम्रो परिणाम हासिल गर्न सक्ने बताएका थिए।

images
प्रकाशित मिति :जेठ २९, २०७९ आइतवार - ०९:५६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology