Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कांग्रेस बैठकमा नयाँ प्रस्ताव उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’

कांग्रेस बैठकमा नयाँ प्रस्ताव उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’

दैनिकी न्यूज

१, श्रावण २०७९
कांग्रेस बैठकमा नयाँ प्रस्ताव उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’
images

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टी उम्मेदवार छान्न आन्तरिक निर्वाचन अर्थात् ‘प्राइमरी इलेक्सन’ प्रस्ताव आएको छ ।

ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्न केही क्षेत्रमा क्रियाशील सदस्यमाझ निर्वाचन गर्न सकिने’ प्रस्ताव राखेका हुन् ।

‘१ सय ६५ संघीय निर्वाचनमध्ये १५ र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्र जतिमा उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ प्राइमरी इलेक्सन गर्ने कि ? त्यस’ छलफल प्रारम्भ गरौं,’ शनिबारको बैठकमा महामन्त्री शर्माले प्रस्ताव गर्दै भने । उनले सो प्रक्रियामार्फत ‘चयन गर्दा उम्मेदवार छनोट लोकतान्त्रिक अभ्यासमा कांग्रेस एक कदम अघि हुने’समेत दाबी गरे ।

‘यसरी उम्मेदवार चयन गर्दा लोकतान्त्रिक अभ्यास उच्चतम प्रयोग नेतृत्वमा कांग्रेस अरूभन्दा एक कदम अघि हुनेछ र कांग्रेसप्रतिको आकर्षण पछिल्लो पुस्तामा भीषण ढंगले बढाउनेछ,’ शर्माले बैठकमा भने ।

कांग्रेसभित्र आगामी निर्वाचनमा ‘सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने ?’ भन्ने’ बहस भइरहेकै बेला महामन्त्री शर्माको नयाँ प्रस्ताव ल्याएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेता आगामी निर्वाचनमा गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलका पक्षमा र केही दोस्रो तहका नेता गठबन्धन गर्दा आफ्नो सिट गुम्ने भयमा छन् । कांग्रेसभित्र गठबन्धन विषयमा बहस जारी रहँदा महामन्त्री शर्माले ‘नयाँ अभ्यास प्रस्ताव’ अघि बढाएका छन् ।

आन्तरिक निर्वाचनमा विजयी उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउँदा पार्टीभित्रबाट कायम हुने उम्मेदवार बलियो हुने र परिणाम पनि सकारात्मक आउने महामन्त्री शर्माको विश्वास छ ।

यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०६:४२:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology