काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
लघुवित्तले निष्कासन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।