Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्र बैंकले आज १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले आज १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

दैनिकी न्यूज

९, श्रावण २०७९
राष्ट्र बैंकले आज १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको२ अर्ब रुपैयाँ र ९१ दिन अवधिको १३ अर्ब ६० करोड गरी कूल १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी आगामी भदौ ७ गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी कात्तिक ८ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले ९१ दिन अवधिको ८ करोड रुपैयाँ, १८२ दिन अवधिको छ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ६० १० करोड गरी कूल २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार ०आज० दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - ११:१०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology