Logo

सोमवार, श्रावण २५ गते २०८३

images

धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परे

धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परे

दैनिकी न्यूज

१५, श्रावण २०७९
धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परे
images

काठमाडौं । आर्थिक वर्ष २०७८–०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक तथा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने १० कम्पनीमध्ये पाँच हुन् ।

तत्कालीन अवस्थामा साबिक मूल्य अभिवृद्धि कर विभागमा वार्षिक ५ करोडभन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर परीक्षण हुने व्यवस्था गरिएको थियो । विभाग एकीकरण भएपछि १० करोडभन्दा बढी कारोबार हुने करदाताको कर परीक्षण विभागबाटै हुने प्रबन्ध मिलाइयो भने २०६० माघ १ गतेदेखि ठूला करदाता कार्यालय स्थापना गरिएको थियो। ठूला करदाता कार्यालय अन्तर्गत वार्षिक १ अर्बभन्दा बढी करयोग्य कारोबार गर्ने करदाता पर्छन् । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - ०७:४३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology