Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्दै

दैनिकी न्यूज

१९, श्रावण २०७९
आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्दै
images

काठमाडौं । आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति पक्का गर्न आज मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सहमति भएपछि त्यसलाई औपचारिक अनुमोदन गर्नका लागि बिहीबारका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

बुधबार गठबन्धनमा रहेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझाव अनुसार आजको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते नै दुवै तहको निर्वाचनको मिति तोक्ने बताइएको छ ।

निर्वाचन आयोगले निर्वाचनको लागि सम्भावित मिति सिफारिस गरेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७९ बिहिवार - ०९:२९:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology