Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्री देउवा आज बुटवल जाँदै

प्रधानमन्त्री देउवा आज बुटवल जाँदै

दैनिकी न्यूज

११, भाद्र २०७९
प्रधानमन्त्री देउवा आज बुटवल जाँदै
images

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका छन्।

त्यसका लागि प्रधानमन्त्री देउवा आज बुटवल जाने लागेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ मा ठेक्का सम्झौता भएको हो।

थप भएको म्याद अगावै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए।

बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ। यो सभाहल एक हजार सीट क्षमताको छ।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - ०९:२६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology