Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आफ्नै दलका नेताको व्यवस्थापन गर्न देउवालई सकस

आफ्नै दलका नेताको व्यवस्थापन गर्न देउवालई सकस

दैनिकी न्यूज

२०, भाद्र २०७९
आफ्नै दलका नेताको व्यवस्थापन गर्न देउवालई सकस
images

काठमाडौं । तीन पटकसम्म आफूसँग प्रतिस्पर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताको व्यवस्थापन गर्न सकस परेको छ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउने आश्वासन दिएर गठबन्धनका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र ‘क‘ बाट प्रदेश सभा सदस्य उम्मेदवार बनाउने सहमति गर्नुभएको हो। तर, सो क्षेत्रबाट प्रदेश सभा सदस्य उम्मेदवार बन्न लामो समयदेखि तयारी गरेका नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले गठबन्धनमा आबद्ध राजनीतिक दलहरूबीच स्वच्छ प्रतिस्पर्धा हुने र डडेल्धुरामा गठबन्धन नहुने बताए । नेपाली कांग्रेस डडेल्धुराका सभापति साउद आफै मुख्यमन्त्रीका सशक्त दाबेदार भएको र साउदलाई मुख्यमन्त्री बनाउने आश्वासन प्रधानमन्त्री देउवाबाट प्राप्त भएको निकटस्थ नेताहरू बताउँछन्। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - ०६:३०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology