Logo

आइतवार, श्रावण २४ गते २०८३

images

६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

दैनिकी न्यूज

२०, भाद्र २०७९
६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब २६करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी मंसिर २० गते परिपक्व हुनेछ । भने ३६४ दिन अवधिको ट्रेजरी २०८० भदौ १९ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले बैंकले ९१ दिन अवधिको ३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी ट्रेजरी बिलबिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - ०६:४६:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology