Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यस कारण देखियो बैंकहरूको निक्षेपमा सुधार

यस कारण देखियो बैंकहरूको निक्षेपमा सुधार

दैनिकी न्यूज

२१, भाद्र २०७९
यस कारण देखियो बैंकहरूको निक्षेपमा सुधार
images

काठमाडौं । बैंकहरूको मुद्दती योजना र चाडपर्वको प्रभावले निक्षेपमा सुधार आएको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ तेस्रो साता वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ ।

आर्थिक मन्दीका कारण निक्षेप वृद्धि नभएपछि पछिल्लो समय बैंकहरूले १० गुणासम्म दिने गरी मुद्दती योजना ल्याएका छन् । निक्षेप बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले सर्वसाधारणको निक्षेप आकर्षित गर्न शुरू निक्षेपको १० गुणासम्म प्राप्त हुने २१ वर्ष अवधिसम्मका मुद्दती निक्षेप योजना ल्याएका छन् । त्यस्तो मुद्दती निक्षेपमा ब्याजका अतिरिक्त बीमा, क्रेडिट कार्ड, सुलभ कर्जा जस्ता सुविधासमेत दिएका छन् । बैंकहरूका आकर्षक मुद्दती योजनाले निक्षेप वृद्धिमा सकारात्मक प्रभाव पारेको छ । बैंकहरूलाई निक्षेप बढाउनुपर्ने दबाब भएका कारण नयाँनयाँ योजना ल्याएका र त्यसको प्रभाव सकारात्मक देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ०६:१७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology